१. मत्स्य पालनमा उपयोगी माछाहरूको आनुवांशिकी सुधार गरी उत्तम गुण भएका माछाहरूको प्रजनन् ।

२. साना किसानहरूको लागि कम लागत बढी उत्पादन लिने र लघु मत्स्य पालन व्यवशायका लागि उपयुक्त माछाका जात तथा प्रविधिको विकास ।

३. उत्पादकत्व बढाउने खालका स्थान सुहाउदो मत्स्य पालन प्रविधि विकास र परिमार्जन ।

४. न्यानो पानीमा सघन माछा पालन प्रविधिको विकास गर्न व्यवसायिक खेतीका लागि उपयुक्त स्वदेशी तथा विदेशी माछाहरूको मत्स्य विज्ञान, जीवनचक्र, आनुवांशिक मत्स्य पोषण, रोग तथा परजिवि सम्बन्धि अध्ययन अनुसन्धान ।

५. मत्स्य पालन प्रविधिको सामाजिक, आर्थिक तथा वातावरणीय प्रभाव अध्ययन ।

६. प्राकृतिक जलाशयहरूको संरक्षण र दिगो उपयोगको लागि जलीय वातावरणको जैविक, भौतिक तथा रसायनिक गुणहरूको सर्वेक्षण/अध्ययन ।

७. प्राकृतिक जलाशयहरूमा स्थानिय समुदायहरूको सहभागितामा स्वदेशी माछाहरूको प्रजनन्स्थल संरक्षण, सम्बद्र्धन तथा संख्या अभिबृद्धि गर्ने ।

८. अनुसन्धानबाट विकसित प्रविधि परिमार्जनका लागि कृषकको थलोमा वाह्य अनुसन्धान ।

९. मत्स्यपालनमा संलग्न व्यवसायीहरूलाई प्राविधिक ज्ञान, तालिम तथा सेवा टेवा ।